भारतमा नेपालीलाई कतिसम्म हेपिन्छ मैले पनि भोगेको छु: डा.भट्टराई

भारतमा नेपालीलाई कतिसम्म हेपिन्छ मैले पनि भोगेको छु: डा.भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतमा नेपालीले निकै पीडा भोग्नुपर्ने बताएका छन् ।

भारतमा जाँदा नेपालीको अस्तीत्व नै हराउने कुरा स्वम् आफूले भोगेको डा.भट्टराईले सामाजिक सञ्जालमा ट्वीट गरेका छन् ।

भारतीय पूर्वराजदूत रञ्जीत रेले आफ्नाे कितामा उल्लेख गरेकाे कुरालाई उद्धृत गर्दै भारतमा नेपाल र नेपालीप्रति हेरिने दृष्टिकोण गरिने व्यवहार निकै तल्लो स्तरको भएको बताएका छन् । उनले आफू क्रान्तिमा हाेमिनुकाे एउटा कारण त्याे पनि भएकाे बताएका छन्र । 

उनले लेखेका छन्, ‘राजदूत @RanjitRae ​(रञ्जित रे) ले भनेझैं भारतमा नेपाल/नेपालीबारे कस्तो आम बुझाइ छ भन्ने म आफैंले प्रत्यक्ष भोगेको छु– चण्डिगढमा पढ्न जाँदा त्यहाँका प्रिन्सिपलले मसँग पहिलो भेटमा ‘Where is Nepal?’ (नेपाल कहाँ छ?) भनेको’, बुधबार बिहान डा. भट्टराईले भनेका छन्, ‘ठूलाबडाको घरमा जाँदा ‘My servant is also from Nepal’ (मेरो नोकर पनि नेपालकै हो) भनेको आदि कारणले पनि म क्रान्तिमा लागेको हुँ।’

राजदूत@RanjitRaeले भनेझैं भारतमा नेपाल/नेपालीबारे कस्तो आम बुझाइ छ भन्ने म आफैले प्रत्यक्ष भोगेको छु-चंडीगढमा पढ्न जाॅदा त्यहाॅका प्रिन्सिपलले मसंग पहिलो भेटमा ‘Where is Nepal?’भनेको,ठूलाबडाको घरमा जाॅदा ‘My servant is also from Nepal’भनेको आदि कारणले पनि म क्रान्तिमा लागेको हुॅ! https://t.co/jbxobsoITd

— Baburam Bhattarai (@brb1954) October 6, 2021