माओवादीले टुंगो लगायो तीन मन्त्री र एक राज्यमन्त्रीको नाम

माओवादीले टुंगो लगायो तीन मन्त्री र एक राज्यमन्त्रीको नाम

काठमाडौ । नेकपा माओवादी केन्द्रले गठबन्धनको सरकारमा सहभागी हुने तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले चार जनाको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

गठबन्धन सरकारमा आफ्नो भागमा परेको मन्त्रालयहरुका लागि माओवादीले ४ मन्त्रीको नाम टुंगो लगाएको हो । बैठकले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशि श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

यसअघि अर्थ मन्त्रीको रुपमा जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा सहभागी भइसकेका छन् । आज मन्त्रीहरुको नाम टुंगो लागेसँगै गठबन्धन सरकारमा माओवादीको भागमा परेको मन्त्रालयहरुका लागि सबै मन्त्रीहरुको नाम टुंगो लागेको हो र ४ मन्त्रीको मन्त्रालयबारे भने खुलाइएको छैन ।