जसपाको मन्त्री छान्न तीन नेतालाई जिम्मा

जसपाको मन्त्री छान्न तीन नेतालाई जिम्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जोन मन्त्री छान्ने जिम्मा पार्टीका शीर्ष तीन नेतालाई दिएको छ । पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम र वरिष्ठ नेता अशोक राईलाई दिएको हो । 

गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन बैठकले तीन नेतालाई जिम्मा दिएको छ । बैठक हाल पनि जारी छ । 

सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो । जसअनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो लागेको थियो ।