तलव नपाएपछि स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा, आकस्मिक बाहेकका सेवा ठप्प

तलव नपाएपछि स्वास्थ्यकर्मी र कर्मचारी धर्नामा, आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । बेनी अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द छ । त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पताल बन्द भएको छ ।

६४ बेडको सुविधा दिइरहेको अस्पतालले तीन महिनादेखि चिकित्सक तथा कर्मचारीहरुलाई तलव नदिएकाको आरोप छ । तलव पाउनुपर्ने माग गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले औषधि उपचार र प्रशासनिक कामसमेत ठप्प अस्पतालको आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।