सिभिल ग्रुपका अध्यक्षसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न आदेश

सिभिल ग्रुपका अध्यक्षसहित १२ जनालाई ५ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । ७० करोड रकम निक्षेप ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। संगठित रूपमा ठगी गरेको आरोपमा १३७ जनाले उनीहरुविरुद्ध जाहेरी दिएका थिए । 

उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि पहिलो चरणको अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । 

सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको आरोप छ । उनीहरूमाथि अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।