गत महाधिवेशनमा पौडेललाई सभापतिमा छाडेँ, यसपटक कुनै हालतमा पछि हट्दिन: प्रकाशमान

गत महाधिवेशनमा पौडेललाई सभापतिमा छाडेँ, यसपटक कुनै हालतमा पछि हट्दिन: प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्व कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताएका छन्। काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचायत्मक कार्यक्रममा बोल्दै सिंहले १३ औं महाधिवेशनपछि कमजोर हातमा नेतृत्व गएकोले कम्युनिस्टको मनोबल बढेको सिंहले बताएका हुन्।

ुकांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको छ, पटक(पटक प्रतिनिधिसभा किन विघटन भयोरु,’ सिंहले भने, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो। परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ। १४ औं महाधिवेशनबाट डाइनामिक सभापति रोज्नुको विकल्प छैन।’

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर विभागहरू गठन गरेको आरोप लगाउँदै उनले यस्तै अवस्था रहे केही समयपछि कांग्रेस कहाँ छरु भनेर खोज्नुपर्ने जिकिर गरे। सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू वरिष्ठ रहेको बताउँदै उनले सभापति बन्न नहुने कारण देखाइदिन आग्रह गरेको उल्लेख गरेका छन्।

१३ औं महाधिवेशनमा आफूले वरिष्ठ नेता पौडेललाई सभापतिमा छोडिदिएको जिकिर गर्दै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गरेका छन्।