मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

मन्त्री छान्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो। 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ। अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने बताइएको छ। 

माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। यद्दपी प्रचण्डले स्थायी कमिटिबाटै मन्त्रीको नाम अनुमोदन गराउने तयारी गरेका छन्।