प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन ६ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन ६ जनाको मृत्यु

काठमाडौं । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ मा थप १ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयमा उल्लेखित तथ्यांक अनुसार प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ७ सय ७ जनाको पीसीआर परीक्षणमा १ सय ३२ र ३ सय १८ जनाको एन्टिजेन परीक्षणमा ६० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये झापामा ५६, मोरङमा ५३, सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा समान १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै सोही समयमा प्रदेश १ मा १ सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । जसमा १ सय ३ महिला र ७९ पुरुष रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशमा मात्रै १ महिला र ५ पुरुष गरी कुल ६ जनाको मृत्यु मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।