१० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदै

१० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइँदै

काठमाडौं । भारतले उत्पादन गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोप १० लाख  डोज शनिवार नेपाल आइपुग्दैछ । 

भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियासँग नेपालले खरिद गरेको सो खोप शनिवार ल्याउन लागिएको हो । 

नेपालले गत फागुन ५ मा भारतसँग २० लाख डोज खोप खरिदको सम्झौता गरेको थियो । जसमध्ये ल्याउन बाँकी रहेको खोप शनिवार ल्याउन लागिएको हो ।
तत्कालिन अवस्थामा भारतले उत्पादन गरेको खोप आफ्नै देशलाई नै आवश्यक परेको भन्दै बाह्य मुलुकहरुमा खोप दिन स्थगित गरेको थियो । तर त्यहाँ पछिल्लो समय संक्रमण दर खट्न थालेपछि भारतले बाह्य मुलुकहरुलाई पनि सम्झौताबमोजिमको खोप दिन सुचारु गरेको हो ।