सांसदहरुले दसैँभत्ता पाएनन्

सांसदहरुले दसैँभत्ता पाएनन्

काठमाडौ । यस वर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दसैँ भत्ता नपाउने भएका छन् । गत वर्ष दशै भत्ता दिँदा विवाद भएकोमा यस वर्ष दशै भत्ता नदिने भएको हो ।

यो वर्ष असोज महिनाको तलव मात्रै सांसदहरुको खातामा पठाइएको संघीय संसद सचिवालयले जनाएको छ । अहिलेसम्म पनि सांसदहरुलाई दसैँ भत्ता दिने वा नदिने भनि मन्त्रिपरिषदले कुनै निर्णय नगरेकाले असोज महिनाको तलव मात्रै खातामा पठाइएको संसद सचिवालयले जनाएको छ । 
मंगलबार मात्रै सांसदहरुको असोज महिनाको तलव वापत २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पिएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा गएको हो ।