३३ किलो सुन प्रकरण र सनम हत्या प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद

३३ किलो सुन प्रकरण र सनम हत्या प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरण र मोरङको उर्लाबारीका सनम शाक्यको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । अर्का एकजनालाई तीन वर्ष र अर्का एकजनालाई ६ महिना कैद सजायको फैसला गरेको छ । 

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठ प्रतिवादीलाई दोषी ठहर गरी उनीहरुलाई भिन्दाभिन्दै सजाय तोकिएको हो । 

संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका छन् । हत्यामा संलग्न रहेका २१ जनाको मुद्दा भने मुल्तबीमा राखिएको मोरङ अदालतले जनाएको छ ।

शाक्यको हत्या प्रकरणमा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् । भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजाय भएको छ । 

२०७४ साल मागमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवई हुँदै ३३ केजी सुन अवैध रुपमा नेपाल भित्र्याइएको थियो । सोही क्रममा भरियाको रुपमा काम गरेका शाक्यको हत्या भएको थियो । त्यसबेला राजनीतिक दलका ठूला नेतादेखि प्रहरीसम्मको संलग्नतामा सुन लुकाइएको आरोप रहेको थियो ।स