चितवनमा मापदण्ड पालना नगर्ने आधा दर्जन मेडिकल कारबाहीमा

चितवनमा मापदण्ड पालना नगर्ने आधा दर्जन मेडिकल कारबाहीमा

काठमाण्डौ । चितवनको भरतपुरमा संचालित आधा दर्जन मेडिकल कारवाहीमा परेका शछन् । भरतपुरको चौबिस कोठीमा सञ्चालनमा ती मेडिकलहरुले मापदण्ड पालना नगरेका कारण स्थानीय प्रशासनले कारबाही गरेको हो ।

ती मेडिकललाई पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गराइएको जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायब सुब्बा गोपीचन्द्र दवाडीले बताए ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा औषधि बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिइ सञ्चालन गरेको ती मेडिकलहरु कारवाहीमा परेका हुन् ।

 उनका अनुसार कारबाहीमा मेडिकलहरुमा नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छन् ।

जसमध्ये नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई  तीन÷तीन लाख रुपैयाँ जरिबाना तोकिएको छ भने मिराकल फर्मालाई  दुई लाख ५० हजार, रिजन फार्मेसीलाई  २० हजार र अपोलो डेन्टल क्लिनिकलाई पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ ।