काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकमा नेकपा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध कायमै गरेको छ ।
नवौं अधिवेशन सुरु भएदेखि नै जारी गरेको एमालेको संसद अधिवेशनले आज पनि निरन्तरता पाएको हो । १४ जना सांसदलाई कारवाही गरेको सभामुखले सूचना टाँस नगरि पक्षपातपूर्ण व्यवहार गरेको भन्दै एमाले सांसदहरु अवरोधमा उत्रिएका हुन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६र०७७ प्रतिनिधि सभामा पेस गरेका छन् । एमाले सांसदहरूको नारावाजीकै बीच मन्त्री कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिनिधि सभाको आगामी बैठक असोज २२ गते शुक्रवार दिउँसो १ बजेका बस्नेछ ।