अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान

काठमाडौ‌ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको बन्दसत्रमा कुर्सी हानाहान भएको छ ।

सम्मेलनले संगठनको अध्यक्ष र सदस्य मात्रै घोषणा गरेको भन्दै बन्दसत्रमा उपस्थितहरूले कुर्सी प्रहार गरेका हु्न् । कि सबै पदाधिकारी टुंगो लगाउनुपर्ने कि चुनावमा जानुपर्ने सहभागीहरुको भनाई छ । 

निर्वाचन मण्डलका तर्फबाट क्रान्तिकारीका फ्याक्सन ईन्चार्ज हितमान शाक्यले अध्यक्षमा पञ्चा सिंह र १ सय ९९ सदस्यी केन्द्रीय सदस्यको मात्रै टुंगो लगाएको घोषणा गरेपछि सहभागीहरु असन्तुष्ट बनेका हुन् । 

क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको चौथो दिन आज पनि बबरमहल स्थित कार्की पार्टी प्यालेसमा बन्दसत्र चलिरहेको थियो । सोही हलमा कुर्सी हानाहान भएको हो ।

असन्तुष्ट सहभागीहरुले इन्चार्ज शाक्यलाई समेत घेराबन्दी गरी सबै पदाधिकारीहरुको नाम टुंगो लगाउनुपर्ने या चुनावमा जानुपर्ने भन्दै माग गरेका हुन् ।