काठमाडौं । आज दिउँसो बोलाइइएको प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले आज पनि अवरोध गर्ने भएको छ ।
नवौं अधिवेशन सुरु भएदेखि निरन्तर संसद् अवरोध गर्दै आएको एमालेले अवरोधलाई जारी राख्ने जनाएको छ ।
बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा एमालेले संसद अवरोध गर्ने तयारीमा रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७’ पेस गर्ने सम्भावित कार्यसूची छ।