पूर्वयुवराज पारस शाहको सामान चोरी

पूर्वयुवराज पारस शाहको सामान चोरी

काठमाडौं । पूर्वयुवराज पारस शाहको सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

गौतमले पोखरास्थित लेकासाइडस्थित बुलउँदीमा शाहको निवासबाट सामान चोरेको आरोप छ । उनले पोखरबाट सामान चोरी गरी काठमाडौंमा बिक्री गर्न ल्याएका थिए ।

उनलाई मित्रनगरस्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । गौतमलाई हाल महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।