काठमाडौं । नेपाली कांग्रेसका सभापतिका तीन दावेदार छैटौं पटक छलफलमा जुटेका छन् । पार्टीको चौधौं महाधिवेशनकै सन्दर्भलाई लिएर उनीहरु छलफलमा जुटेका हुन् ।
पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला र प्रकाशमान सिंहबिच निधि निवास बानेश्वरमा छलफल सुरु भएको हो ।
यता प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः सभापति पदका लागि लड्ने घोषणा गरिसकेका छन् । तर उनीविरुद्ध धेरै नेता आकांक्षी बनेकाले कुन नेता मैदानमा उत्रिने हो भन्नेबारे खुल्न सकेको छैन ।