काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ

काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ

काठमाडौं ।  महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकाबाट ठूलो संख्यामा पाकेटमार पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौंमा सार्वजनिक बस र  सपिङ मलहरुमा पाकेट मारेको आरोपमा पक्राउ गरी सोमबार प्रहरीले १ सय ६१ जनालाई सार्वजनिक गरेको हो । 

प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको जनाएको छ । भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए । पक्राउ गरिएका २०७ मध्ये १६१ जनालाई कारागारमा थुनामा पठाइएको छ ।

नजिकिएको चाडपर्वलाई ध्यानमा राखी प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको हो । प्रहरीले पाकेटमारविरुद्ध अपरेशन नै चलाएको थियो ।

प्रहरीले सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।