विप्लव नेतृत्वको नेकपा सडकमा

विप्लव नेतृत्वको नेकपा सडकमा

काठमाडौं । सरकारसँग भएको तीन बुँदे सहमति नभएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सडकमा उत्रिएको छ । नेकपाले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिने नेकपाको कार्यक्रम रहेको छ । सोही अनुरुप काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा पनि धर्ना दिएको छ ।

काठमाडौँ जिल्ला समितिको आयोजनामा प्रहरीले लगाएको निषेधित क्षेत्रलाई तोडेर नेकपा कार्यकर्ताले अगाडि बढेको थियो । प्रहरीले नेकपाले टाँगेको व्यानर खोजेपछि केहीबेर स्थिती तनाव ग्रस्त पनि बनेको थियो । कालो व्यानर बोकेर ¥याली सहित आएको नेकपाका एक हुल जिप्रकाअगाडि धर्नामा परिणत भएको हो । 

गत फागुन २१ गते तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियो । सहमति अनुसार  विप्लप समूहका नेताहरुमाथि लगाइएका सबै मुद्धा खारेज र बन्दीहरुलाई रिहा गर्ने भनिएको  थियो । अझैसम्म उक्त सहमति कार्यान्वयन नभएको भन्दै विप्लवका कार्यकर्ता सडकमा उत्रिएका हुन् ।