भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम बढेको छः उपमहासचिव पौडेल

भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम बढेको छः उपमहासचिव पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले भ्रममा परेर पार्टी छोडेका केही साथीहरु पुनः फर्किने क्रम सुरु भएको बताएका छन् ।

पार्टीको विधान महाधिवेशनसँग केन्द्रित रहेको सोमबार पत्रकारसँग कुरा गर्दै  पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले  पार्टीभित्र फरक मत नरहेको दावी पनि गरे । उनले माधव नेपालप्रति लक्षित गरी स्वार्थवश, कुण्ठावश केही साथीहरु अलग भएपनि भ्रममा परेर त्यसका पछि लागेकाहरु पुनः पार्टीमा फर्किने क्रम बढेको बताए । 

पौडेलले हालै सम्पन्न पार्टीको विधान महाधिवेशनमा पार्टी भित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे । उनले भने, ‘तीन दिने विधान महाधिवेशन सम्पन्न भयो, तर कसैले पनि फरक मन नराख्नु भनेको पार्टी विचार र संगठनका हिसावले एकतावद्ध छ ।’ 

उनले विधान महाधिवेशनको उपस्थिति र त्यहाँ भएका छलफल र रिर्पोटिङहरुले नेकपा एमाले विभाजन नभएको दावी गरे । 
पौडेलले एमालेको राष्ट्रिय महाधिवेशन निर्धारित समयमै हुने दावी पनि गरे ।