काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । शाक्यसहित उनको प्यानल नै विजयी हुने मतदान अधिकृत नरेन्द्र केसीले जानकारी दिए ।
नगर सभापतिमा निर्वाचित शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए ।
उनको प्यानलबाट उपसभापतिमा सन्तकुमार महर्जन र सुशील ढकाल, सचिवमा सुसन वैद्य र पुरुषोत्तम खकुरेल, सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर विजयी भएका छन् । उनीहरु प्रकाशमान सिंह, गगन थापा समूह हुन् ।
नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन् ।
जबकी संस्थापन पक्षबाट सभापतिमा प्रगतिमान रञ्जित, उपसभापतिमा सुविरनाथ खनाल र भरत तन्दुकार, सचिवमा सम्झना भट्टराई र रमेश उप्रेती, सहसचिवमा इन्द्ररत्न बज्रचार्य र मुना सिटौला उम्मेदवार थिए ।