एमाले ७० वर्ष उमेर हद, विचमै उमेर पुगेपनि पूरा कार्यकाल काम गर्न पाइने

एमाले ७० वर्ष उमेर हद, विचमै उमेर पुगेपनि पूरा कार्यकाल काम गर्न पाइने

काठमाडौं । ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशन जारी छ । उक्त अधिवेशनमा एमालेका उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले एमाललेमा दुई कार्यकाल काम गर्न पाइने र ७० वर्ष उमेर हद कायम गरिएको विधानको व्यख्या गरे । 

महाधिवेशनका प्रतिनिधिहररुले उठाएका प्रश्नको जवाफमा दिँदै पौडेलले कुनै व्यक्ति कार्यकारी पदमा निर्वाचित भएपछि ७० वर्ष पुगेमा उसले आफ्नो कार्यकाल अवधिभरि जिम्मेवारी निर्वाह गर्न पाइने व्यवस्था भएको बताए ।

पौडेलले भने, जस्तो अध्यक्ष केपी शर्मा ओली फेरि अध्यक्ष निर्वाचित भएमा यसबीचमा ७० वर्ष पूरा भए पनि उनले पूरै ५ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउँनेछन् । 

अध्यक्ष ओली अहिले ७० वर्षका भए । आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन्, तर मंसिरमा महाधिवेशन हुँदैछ, फेरि अध्यक्ष बन्न सक्नेछन् । 

त्यस्तै प्रदेशदेखि पालिका तहसम्मको कमिटी सदस्यको आधार संख्या ५० तोकिएको छ ।