प्रहरीले बरामद गरेको कस्तुरीको बिनाः बाहिर बाख्राको छाला भित्र धुप

प्रहरीले बरामद गरेको कस्तुरीको बिनाः बाहिर बाख्राको छाला भित्र धुप

दाङ । प्रहरीले गत भदौ ७ गते साँझ बिनासहित दुई जनालाई पक्राउ ग¥यो ।  ३१ ग्राम २ सय मिलिग्राम तौलको बिनासहित घोराही–७ का ३३ वर्षीय मोहन बुढा र घोराही–१ का २२ वर्षीय मदन केसीलाई पक्राउ गरेको थियो ।

बिनासहित पक्राउ परेका दुई जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । उनीहरुलाई पक्राउ गर्नु एउटा उपलब्धी भएको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताएका थिए । उनीहरु एक महिना जेलबसाईपछि हाल छु्टिसकेका छन् । बरामद गरिएको कस्तुरीको बिना खरिदबिक्री नभएकाले सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णयपछि उनीहरु छुटेका हुन् ।

यता प्रहरीले बरामद गरेको कस्तुरीको बिनामा बाहिर बाख्राको छाला र भित्र अगरबत्तिको धुप राखिएको पुष्टि भएको छ । 

बरामद गरिएको कस्तुरी बिना विधि प्रयोगशालामा परीक्षण गर्दा कस्तुरीको बिना भनिएको बाहिरी भाग बाख्राको छाला र भित्र अगरबत्तिको धुपवाला राखिएको जिल्ला सरकारी वकिल कार्यालय दाङले जनाएको छ ।