दशैंपछि बालबालिकालाई कोरोना खोप लगाइने

दशैंपछि बालबालिकालाई कोरोना खोप लगाइने

काठमाडौं । दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाहरुलाई कोरोना विरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् । 

कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री श्रेष्ठले कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको भन्दै दशैलगत्तै उनले १८ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन सुरु गरिने बताए। 

४० लाख मोडेर्ना र ६० लाख फाइजरको खोप ल्याउने तयराी गरिएको भन्दै बालबालिकाका लागि सुरुमा फाइजरको १ लाख खोप आउने हुनाले यो लगाउन सुरु गरिने बताए । मन्त्री श्रेष्ठले फागुनसम्म खोप आउने क्रम जारी हुने भन्दै आएजति खोप बालबालिकाका लागि लगाइने बताए ।

सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको भन्दै कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि सरकारले छात्रवृत्तिको व्यवस्था गरिने पनि बताए । 

बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।