काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिने भएको छ ।
गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् । यसअघि पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलबाट वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने माग भएको हो ।
वरिष्ठ उपाध्यक्ष र उपमहासचिवसहित अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।
‘पदाधिकारीको संख्या १५ भन्दा माथि लैजानु हुँदैन’, पौडेलले भने ‘धेरै संख्याको पदाधिकारी बनाउँदा कम्युनिस्ट पार्टी चलाउन सजिलो हुँदैन । त्यसैले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षहरू ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ सहितको केन्द्रीय पदाधिकारीको व्यवस्था गरिने छ ।’ उपमहासचिव पौडेलले भने ।