काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीसहित ५५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन लेखीसहित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्तालगायत ५५ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।
लेखीले पहिलो संविधान सभा विघटनपछि एमाले छाडेका थिए । त्यसपछि उनी विभिन्न मधेशवादी दलमा आवद्ध हुँदै
हाल लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी बसेका थिए ।