अझै केहीदिन भारी वर्षाको सम्भावना, कहिले बाहिरिन्छ मनसुन ?

अझै केहीदिन भारी वर्षाको सम्भावना, कहिले बाहिरिन्छ मनसुन ?

काठमाडौं । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र प्रदेश २ का केही  स्थानहरूमा भारी वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सोमबार भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ। 

मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विगतका वर्षहरुमा क्टोवर २ बाटै मनसुन बाहिरिने गरेको भए पनि यसवर्ष मनसुन ढिला गरि बाहिरिने मौसमविद्हरुले बताएका छन् ।