रुघाखोकीका कारण विधान महाधिवेशनबाट बाहिरिए ओली

रुघाखोकीका कारण विधान महाधिवेशनबाट बाहिरिए ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली  विधान महाधिवेशनबाट बाहिरिएका छन् । ललितपुरको गोदावरीमा आयोजित विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरिरहेको अवस्थामा खोकी लागेको थियो ।

उनलाई रुघा खोकी लागेपछि बोल्दा बोल्दै माइक रोकेर आफूलाई असहज भएको बताएका थिए । प्रतिवेदनलाई शंकर पोखरेलले निरन्तरता दिने भन्दै उनी हलबाट बाहिरिएका हुन् ।

अहिले पनि प्रतिवेदन पेश गर्ने क्रम जारी छ । ओली बाहिरिएपछि उक्त प्रतिवेदनलाई नेता पोखरेलले प्रस्तुत गरिरहेका छन् ।