पार्टीमाथि आक्रमणका नयाँ श्रृंखलाहरु देखिन थाले : ओली

पार्टीमाथि आक्रमणका नयाँ श्रृंखलाहरु देखिन थाले : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टीमाथि आक्रमणका नयाँ श्रृंखलाहरु देखा परेको बताएका छन् । 

ललितपुरमा जारी विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा पार्टी अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पार्टीभित्रकै केही साथीहरुका कारण पार्टीमाथि आक्रमणको नयाँ श्रृंखला सुरु भएको उनले बताए । उनले भने, ‘केही पार्टीभित्रकै साथीहरुले संगठनात्मक अराजकता, पदलोलुप्ता र फुटलाई प्रश्रय दिए । त्यसले गर्दा एमाले अहिले प्रतिपक्ष भूमिकामा उभियो ।’ 

त्यस्तै आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार परिवर्तन गर्ने र मुलुकलाई अस्तिथरतातर्फ धकेल्ने खेल प्रचण्ड र माधव नेपालले सुरु गरेको बताए ।

त्यस्तै एमालेकाे सरकारले नाकाबन्दीको समाना र पारवहन सन्धिजस्ता दुरगामी उपलब्धि गरेको तर त्यही सरकारलाई ढाल्न प्रचण्डलगायतले अविश्वासको प्रस्ताव पेश गरेकाे बताए । प्रचण्डलगायत केही नेताहरूमा निहित अवसरवाद, विभाजन र बाह्य शक्तिको सेवा गर्ने चरित्रकाे कारण पार्टी अहिले प्रतिपक्षमा बस्न पुगेकाे बताए ।  ओलीले माओवादी केन्द्रसँगको एकीकरणका कारण पार्टी महाधिवेशन धकेलिएको बताए ।