काठमाडौं । नेकपा एमालेले उपमहासचिव पद खारेजीको प्रस्ताव गरेको छ । ललितपुरमा जारी विधान महाधिवेशनमा सो प्रस्ताव गरिएको हो ।
यसअघि २ जना उपमहासचिव राख्ने प्रस्ताव गरेकोमा हाल सो पद नै खारेजीको प्रस्ताव अघि सारेको हो ।
राष्ट्रिय महाधिवेशनको अधिकार र कर्तव्यमा भनिएको छ, ‘अध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव– १, सचिव–६ र सदस्य– २१२ गरी जम्मा २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने । प्रदेश कमिटीका अध्यक्षहरु केन्द्रीय कमिटीका पदेन सदस्य हुनेछन् ।
अध्यक्ष– १, उपाध्यक्ष– १, सचिव– १ र १२ सदस्यसहित केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोगका पदाधिकारी एवम् सदस्यहरूको निर्वाचन गर्ने ।’