एमाले घरकाे धुरी खामो जस्तो होः सचिव ज्ञवाली

एमाले घरकाे धुरी खामो जस्तो होः सचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेकपा एमाले घरको धुरी खामो जस्तो भएको बताएका छन् । 

ललितपुरमा  एमाले विधान महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले कम्युनिस्ट आन्दोलनविरुद्ध भएका षड्यन्त्र परास्त गर्न संकल्प गर्नुपर्ने बताए । उनले कुनै पनि हालतमा नेकपा एमाले चोइटाउने योजना बुनेको तर एमाले धरको धुरी खामो जस्तो भएको उल्लेख गरे । कसैकाे सानो तिनो षडयन्त्रले यसलाई असर नपार्ने समेत उल्लेख गरे ।

सचिव ज्ञवालीले सरकारले मध्यरातमा संसद अधिवेशन अन्त्य गरेर बिहान झिसमिसेमै अध्यादेश ल्याउनु भनेको कुनै पनि हालतमा एमालेलाई चोइटाउन खोज्नु रहेको बताए । त्यसमा पार्टीभित्रकै केही साथीहरु समेत लागेको उल्लेख गरे । एक मात्रै उद्देश्य भनेकै एमालेलाई टुक्रा पार्नु भएकाले कसरी हुन्छ एमालेलाई चोइटाउने खेल भएको उल्लेख गरे ।