एमालेको वागमती प्रदेश कमिटीले पूर्णता पायो , शीर्ष वरियतामा अष्टलक्ष्मी

एमालेको वागमती प्रदेश कमिटीले पूर्णता पायो , शीर्ष वरियतामा अष्टलक्ष्मी

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको वागमती प्रदेश कमिटीले पूर्णता पाएको हो । बिहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलिदेखि सुरु हुने विधान महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन् । 

आनन्द पोखरेलको अध्यक्षतामा सचिवमा खेम लोहनीसहित ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन गरिएकाे छ । कमिटी गठनलगत्तै केन्द्रमा जानकारी दिइएको छ । 

प्रदेश कमिटीको इन्चार्जमा रामबहादुर थापा बादल नै कायम रहेका छन् । वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखिएको छ । त्यस्तै काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेललाई  सहइन्चार्ज राखिएको छ ।