काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण नेपाल बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको नेपालको निजी सचिवालयले जनाएको छ।
ज्वरो र खोकीका कारण विरामी परेका नेपाल बुधबार त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । हाल उनको स्वास्थ्यवस्था सामान्यरहेको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै उनीसँग भेटघाट भने बन्द गरिएको छ ।