एमालेको अवरोध कायमै, ८ मिनेट बसेर सकियो प्रतिनिधिसभाको बैठक

एमालेको अवरोध कायमै, ८ मिनेट बसेर सकियो प्रतिनिधिसभाको बैठक

काठमाडौं । प्रतिनिधीसभाको वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरोध कायमै छ । यसअघि जस्तै आज अवरोधकै बीच सुरु भएको प्रतिनिधि सभाको बैठक ८ मिनेट संचालन भएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक सुरु गरेसँगै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । 

सभामुख सापकोटाले पनि एमालेको नारावाजीकैबीच बैठक सुचारु गरेका हुन् । बैठकको सुरुमा उनले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेजी सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाए । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए । त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिए । 

बैठकमा एमाले सांसदहरुलाई संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका थिए । बैठकमा उनले नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा संसदमा छलफल हुन नसक्ने भन्दै ध्यानाकर्षण गराएका थिए  । 

सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्धा फिर्ता गर लगायतका नारा लगाएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज १९ गते मंगलबार बस्नेछ ।