जनयुद्धमा मारिएकालाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्छ : प्रचण्ड

जनयुद्धमा मारिएकालाई सरकारले राष्ट्रिय सहिद घोषणा गर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा मारिएकाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने बताएका छन् ।

गठबन्धन सरकारले हालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा पहिलोपटक राज्यको तर्फबाट जनयुद्धका सहिद, बेपत्ता र घाइतेलाई उपचार र राहत दिने विषयलाई दस्तावेजीकरण गरिएको भन्दै विगतमा छुटेकाहरूलाई समेत समेटेर राष्ट्रिय सहिद घोषणा गर्ने बताए ।

सहिद प्रतिष्ठान नेपालको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहिद, बेपत्ता, घाइते तथा अपांगका सन्दर्भमा राज्यका तर्फबाट पूर्ण रुपमा ध्यानदिन नसकेको भन्दै माओवादी क्रान्ति पूरा नभएकाले यो अवस्था आएको बताए । 

आफू पूधानमन्त्री हुँदा नै सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भएपनि त्यतिबेला निकै जालझेल गरी त्यो निर्णयको प्रतिलिपि नै गायब गरेको पारेको बताए । अहिले ढिलै भएपनि गठबन्धन सरकारले आफ्नो त्यो निर्णयलाई सदर गरिदिएकोमा खुशी व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले फरक प्रशंगमा अब आजभोलि नै मन्त्रालयको बाँडफाँडको टुंगो लाग्ने बताए । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय माओवादीले लिइएकोको भन्दै अब बाँकी केही मन्त्रालयहरु पनि आजभोलिमै टुंगो लागिसक्ने बताए ।