राजकुमार लेखीले छाडे लोसपा, एमाले प्रवेश गर्ने तयारी

राजकुमार लेखीले छाडे लोसपा, एमाले प्रवेश गर्ने तयारी

काठमाडौं । आदिवासी जनजाति नेता राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी छोडेका छन्। लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएका छन्। 

उनी भोलि नेकपा एमालेमा प्रवेश गर्दैछन्। एमाले प्रवेश गर्ने निश्चित भएपछि लेखीले लोसपाबाट राजीनामा दिएको बताइन्छ । 

उनलाई भोलि हुने एमाले विधान महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।