राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएका दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणीकरण भएको हो । 

राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणीकरण गरेकी हुन् । 

राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणीकरण गर्नुभएको छ ।’

यस्ताे छ अध्यादेश