चार जना युट्युबर पक्राउ

चार जना युट्युबर पक्राउ

काठमाडौं । महिलाको चरित्र हत्या गर्नेगरी तस्वीर तथा भिडियो निर्माण गरी सार्वजनिक गरेकाे अभियाेगमा चार जना युट्युबरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  महिलाको इज्जत प्रतिष्ठामा आँच पुग्ने गरी सामग्री निर्माण गरी सार्वजनिक गरेको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएकाे छ । 

पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा दैनिकखबर युट्युब च्यानलका सञ्चालक दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदीप भण्डारी, हरेकपलको खबर युट्युबका सञ्चालक नुवाकोट सूर्यगढी घर भई हाल काठमाडौँको नेपालटार बस्ने २७ वर्षीय शिशिर अधिकारी, सराइचुली युट्युब च्यानलका सञ्चालक मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौँको पेप्सिकोला बस्ने ३५ वर्षीय पिङ्कला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखा मेलुङ घर भई काठमाडौँको गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तामाङ रहेका छन् ।

उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाले पक्राउ गरिएको प्रहरीको साइबर ब्युुरोले जनाएको छ । पक्राउ परेका उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ । 

पछिल्लो समयमा युट्युब च्यालनका सामग्रीमाथि धेरै प्रश्न उठ्ने गरेका छन् । कतिपयले युटुवरहरुलाई पत्रकार नै होइन भन्नेसम्म गरेका छन् ।

पत्रकार आचारसंहिताकोसमेत ख्याल नगरी व्यक्तिगत घटना तथा सत्यतथ्यमा आधारित नभई समाचार बनाउने गर्दानाले नेपालमा युट्वरहरु विकृतिका फैलिने गरेका छन् । केही यस्ता गलत नियत भएका युटुवर मिडियाहरुका कारण सबै जसो युटवरहरुमाथि नै प्रश्न उठ्ने गरेका छन् ।