युवराज पन्थीद्धारा नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा उम्मेद्वारी दिने घोषणा

युवराज पन्थीद्धारा नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा उम्मेद्वारी दिने घोषणा

पोर्चुगलको नेपाली समुदायमा लोकप्रीय व्यक्तित्व युवराज पन्थीले नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आफ्नो १२ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै उनले पोर्चुगलमा रहेका नेपालीहरुको हक हितमा काम गर्न प्रतिवद्ध रहेको बताएका छन् । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन हुँदैछ । 

गुल्मी जिल्लाको धुर्कोट गाँउपालिका बस्तुमा जन्मिएका पन्थीले २०३६ सालको जनमत संग्रहदेखि पोर्चुगलका विभिन्न संघसंस्थामा रहँदाको राजनीति अनुभव, योग्यता, क्षमतालाई जनसम्पर्क  समितिमा प्रयोग गर्ने लक्षका साथ सभापतिमा उम्मेद्वारी दिएको बताउँछन् ।

छैठौं अधिवेशनबाट आउने नेतृत्वले पोर्चुगललाई असल, सक्षम, र आर्थिक रुपमा अझ सबल पारदर्शी बनाउनुपर्ने उनको बुझाइ रहेको छ । संगठनलाई विश्वभरका जनबर्गीय संगठनहरुमाझ नमुना बनाउनका साथै सबैको साथी र सारथी बनाउँदै संगठन प्रति आकर्षण बढाउन आफू प्रतिवद्ध रहेको उनले बताएका छन् । 

२०३९ सालमा नेबिसंघ जिल्ला कार्य समिति गुल्मीको कोषाध्यक्ष भएर काम गरेका उनी जन आन्दोलनको पूर्व तयारीका २०४५ सालमा क्रममा १ महिना जेल पनि परेका थिए । बस्तु गाउँ विकास समिति गुल्मीको २०५४ सालमो निर्वाचित उपाध्यक्ष बनेका उनी  दोस्रो जन आन्दोलन २०६२-०६३ मा काठमाडौमा संलग्न भएका थिए ।  साथै उनी २०६८ सालमा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको कोषाध्यक्ष बनेका थिए । २०७२ सालमा नेपाली जनसम्पर्क समिति पोर्चुगलको कार्यसमिति सदस्य बनेका उनी २०१८ मा भएको अधिवेशनमा उपाध्यक्षमा लडेका थिए । यीनै अनुभवको आधारमा यसपटक सभापतिमा उम्मेद्वारी दिएको उनले बताए । 

यस्ता छन् पन्थीका प्रतिवद्धता
१) संवादबाट सहमति सहकार्य र एकतामा जोड
२) आत्मनिर्णय गर्ने क्षमता, अनुभव र योग्यताका आधारमा संगठनलाई नितिगत र प्रक्रियासम्मत संचालन गर्ने, 
३) संगठनलाई सशक्त, सुदृढ़ र बलियो बनाउन सामूहिक नेतृत्वमा जोड दिने ।
४) संगठनमा बिगतको अनुभव, योग्यता र क्षमताका आधारमा आत्मनिर्णय गर्न सक्ने ।
५). राजनीतिक एजेन्डाहरूमा  साँगठानिक तवरबाट सैद्वान्तिक बहस गर्ने ।
६) संगठनमा सबैको अपनत्व बोध गराउन– सम्पुर्ण आस्थावान सक्रिय सदस्यहरू, बौद्विक ब्यक्तित्व, पेशा ब्यवसायी र समाजसेवीहरूसंग परामर्श र छलफल पश्चात् अघि बढ्ने । 
७) संगठनमा स्थापना समयदेखि निरन्तर लागिरहनु हुने सबै अग्रजहरूलाई आदर, सत्कार र  सम्मान गर्ने ।
८) नेपाली काँग्रेस पार्टी र नेपाली जनसम्पर्क समिति बिचको सम्बन्धलाई अझ सशक्त र प्रभावकारी बनाउन समन्वयकारी भूमिका निर्वाह गर्ने ।
९) संगठनमा कामका आधारमा कार्यक्षमताको मुल्याँकन गर्दै बिभेद र निषेधको राजनीतिविरूद्व नितिगत रूपमा एकवद्ध हुने ।
१०) विदेशमा रहेका हरेक जसस लगायतका पार्टीका निकायहरूसँग समन्वय गरी आपसी सम्बन्धलाई प्रगाढ़ बनाउने ।
११) कार्यालय स्थापना गरि नियमित संचालन र नव आगन्तुकको सहयोगको लागि हेल्प डेस्कको स्थापना ।
१२) प्रभावकारी लेबी संकलनलाई पारदर्शी बनाउने ।