जसपाबाट को-को बन्दैछन् मन्त्री ?

जसपाबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडाैं । सता गठबन्धनका दलहरुले आजै मन्त्रीको नाम तय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई दिने भएका छन् । यतिबोला नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत माओवादी, र जसपा मन्त्रीको नाम टुंगो लगाउन व्यस्थ छन् । 

जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, र अध्यक्ष उपेन्द्र यादव ई जिम्मा दिएको छ । रानीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै सरकारमा पठाउने मन्त्री छनोटका लागि परामर्श भइरहेको जसपाका नेता महेन्द्र राय यादवको भनाइ छ ।​ 

जसपा निकट स्रोतका अनुसार नेताका अनुसार राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै छ । अध्यक्ष यादव सरकारमा नगएको अवस्था नेता श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जानेछ ।

सत्ता गठबन्धनको भागवण्डामा जसपाले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।