काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट युवा संघ दुई महिने संगठन निर्माण अभियान चलाउने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै संघले आगामी दुईसम्म संगठन निर्माण तथा पुनर्जागरण अभियानमा नेपालका ७७ वटा जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुनर्गठन र प्रशिक्षणको आयोजना गरने युवा संघ नेपालका महासचिव दिपक जिएमले जानकारी दिए ।
युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले यस्तो निर्णय गरेको पनि महासचिव जिएमले जानकारी दिए । बैठकले अब कम्तिमा १ लाख ५० हजार नयाँ सदस्यहरु बनाउने निर्णय गरेको पनि उनले बताए । उक्त अभियानलाई सफल पान देशभर ३३० प्रदेश निर्वाचन क्षेत्रमा ३३० जना, जिल्लामा ७७ जना र प्रदेशमा ७ जनालाई जिम्मेवारी दिएको पनि बताए ।
युवा संघले आफ्ना कुनै पनि कार्यक्रमहरु तोकिएको समयमा तोकिएको स्थानमा गरिने बताए । तर युवा संघले मञ्चमा आशिनहरुकालागि कुनै पनि खादा तथा माला पुष्पगुच्छाहरुको प्रयोग नगर्ने पनि जानकारी दिए । बैठकले विधान मस्यौदा पारित गर्दै सबै कमिटीमा कम्तिमा २५ प्रतिशत रहनेगरी २५ वर्षभन्दा कम उमेर समूहलाई संगठित गर्ने योजना छ ।