मेयरलाई मुक्का हान्ने गणेश धरौटीमा रिहा

मेयरलाई मुक्का हान्ने गणेश धरौटीमा रिहा

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक धरौटीमा रिहा भएका छन् । बुटवल ज्योतीनगरमा गएको पहिलो अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई असोज ४ गते स्थानीय गणेश पंगेनीले मुक्का हानेका थिए ।

पीडितहरुलाई राहत दिनुको सट्टा पहिरो हेर्ने फोटो सेसन गरेको भन्दै पहिराे पीडित आक्रोशित बनेका थिए । जसमध्ये पंगेनीले मुक्का नै हान्न भ्याएका थिए । 

घटना भएकै साँझ पंगेनीलाई प्रहरीले पक्राउ गरेको थियो । सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत  अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । उनलाई आज ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।