एकीकृत समाजवादीको रसुवा जिल्ला कमिटी घोषणा

एकीकृत समाजवादीको रसुवा जिल्ला कमिटी घोषणा

रसुवा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ। उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन भएका छन्। प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा उत्तरगया गाउँपालिका–५ बेत्रावतीका शिव लामिछाने, उपाध्यक्षमा विनोद लामिछाने, उपसचिवमा आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङका शुजिय तामाङ रहेको अध्यक्ष देवकोटाले बताए। 

सदस्यमा नेकपाका संस्थापक सदस्य साङ्तेम्वा तामाङ धुञ्चे (विसं २०४६ पछि रसुवामा गठन भएको पहिलो नेकपा एमालेका संस्थापक सदस्य), शनद देवकोटा जिवजिवे, अर्चना लामा बेत्रावती, भरत बगाले धुसेनी, गङ्गा बगाले धुसेनी रहेका छन्। यसैगरी दावा तामाङ, सन्तोष तामाङ, रामशरण न्यौपाने, नविनाथ देवकोटा, भीम तामाङ र अप्सरा रिजाल जिल्ला कमिटी सदस्यमा रहेका छन्। कार्यनिर्देशिका अनुरूप नपुग सदस्य क्रमशः थपिँदै लगिने बताइएको छ।

नयाँ दललाई सही दिशामा लान जनतामाझ गर्नुपर्ने सेवा थप प्रभावकारी तुल्याउन सुब्बा लामा प्रमुख सल्लाहकार चयन भएका उक्त दलले जनाएको छ। जिल्ला कमिटी गठनलगत्तै दलको नीति, सिद्वान्त आमनागरिकलाई सुसूचित गराउन सिङ्गो पार्टीपंक्तिका पदाधिकारी गाउँघर जागरण अभियानमा अगाडि बढिरहेको एकीकृत समाजवादीले जनाएको छ।

नवगठित जिल्ला कार्यसमितिमा सबै क्षेत्रलाई समाहित गरिएको र छुट भएका साथीलाई क्रमशः समाहित गर्दै जाने बताइएको छ।