माधव नेपालले देउवालाई बुझाए मन्त्री बन्नेहरुको लिष्ट, को-को परे ?

माधव नेपालले  देउवालाई बुझाए मन्त्री बन्नेहरुको लिष्ट, को-को परे ?

काठमाडौं । राष्ट्रपतिबाट अध्यादेश फिर्ता भएसँगै सरकार विस्तारको तयारी भइरहेको छ । यसैक्रममा  नेकपा (एकीकृत समाजवादी)ले  सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाइसकेका छन् । 

नेपालले बुझाएको लिष्टमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले , जीवनराम श्रेष्ठ र गरिमा शाहको नाम समावेस रहेको स्रोतको दाबी छ । एकीकृत समाजवादीले एक राज्यमन्त्री र ५ मन्त्री पाउने भएको छ ।  सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । 

त्यसैगरी नेपाली काँग्रेस र माओवादी केन्द्रले पनि आज मन्त्रीको नाम टुंगो लगाउने भएका छन् । जसपाले भने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्षद्धय बाबुराम भट्टराई र उपेन्द्र यादवलाई दिएको छ । 

मन्त्रीहरुको नाम टुंगो लगाएर आज भोलिमै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताहरु जुटेका छन् ।