धामीको हत्या गर्ने तीन जना पक्राउ

धामीको हत्या गर्ने तीन जना पक्राउ

रौतहट । रौतहटमा एक जना धामी हत्या गरेको आभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका–५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेहरुमा नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी,  चन्द्र नगरपालिका, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको पर्सागढी नगरपालिकाका रमेश पहरी रहेका छन् । सुरुमा पहरीलाई पक्राउ गरेको र उनकै वयानका आधारमा अन्य दुई जनालाई पनि पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरे जानकारी दिए ।

पहरीले बयानमा कप्तान टोलका सहदेव भन्ने डोलप्रसाद बोलखेको योजनामा घटना भएको बताएका छन् । बोलखे अहिले फरार छन् भने पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

बोलखेको परिवारका सदस्य बिरामी भएको त्यसको दोष धामीलाई लगाई उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

धामीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटना शंकाष्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।