काठमाडौं । विराटनगर विमानस्थलमा सुरक्षित अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले काठमाडौंको आकाशमा करिव १० फन्को लगाएको थियो ।
आज विहान काठमाडौंबाट विराटनगरका लागि उडेको कल साइन नाइन एन–एएनआई जहाज अन्ततः त्रिभुवन विमानस्थलमा नै सुरक्षित अवतरण भएको छ। जहाज सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरले एक विज्ञप्ति जारी जारी जहानभित्र रहेका सम्पूर्ण सकुशल रहेको जनाएको हो । जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काएका थिए । जहाजमा रहेको इन्धनलाई कम गर्न काठमाडौंको आकाशमा करिव १० फन्को लगाइएको र अन्ततः सुरक्षित अवतरण गराएको हो ।’
जहाँमा ७३ जना यात्रु सवार थिए ।