हामीले काम गरेका छौं, जनता माझ ढुक्क भएर जाऔंः ओली

हामीले काम गरेका छौं, जनता माझ ढुक्क भएर जाऔंः ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई चुनावमा जान कुनै समस्या नहुने बताएका छन् । उनले आफूहरुसँग एजेण्डा भएकाले चुनावमा जान समस्या नहुने बताए । 

तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूहरूले गरेको कामले जनतामाझ जान कुनै समस्या नहुने बताए ।

आफ्नो नेतृत्वको सरकारबाट धेरैले सिक्ने गरी काम गरेको भन्दै  अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूलाई चुनावमा कसरी जाने भन्ने नठान्न समेत आग्रह गरे । 

अहिले केन्द्रको सरकारबाट बाहिरीएपनि स्थानीय तहका सरकारमा रहेकाले आत्तिनु नपर्ने उनको भनाई छ । उनले भने ‘हामी केन्द्रको सरकारबाट हटेपनि राम्रा काम गरेका छौ । चुनावमा जानबाट डराउनु पदैन ।’

जनताको पक्षमा काम नगरेकाले पनि चुनावमा जान हिम्मत गरेको टिप्पणी गर्दै ‘हामीले त असाधारण काम गरेका छौं, त्यही एजेण्डा लिएर जनतामा माझ पुग्नुपर्छ ।’ उनले भने, विगतको मूल्याङकन हुन्छ, अहिलेको अवस्था र भविश्यको कार्यदेश के हुन्छ र भविश्यमा जानको लागि दिशाबोध हुन्छ ।’ अहिले जनतामाझ कसरी पुग्ने भन्ने समस्या नरहेको उनको भनाई छ । 

समाजवादमा जाने भनेको समृद्ध नेपाल र सुखी नेपाली भएको भन्दै त्यसमा प्रतिव्यक्ति आयमा मात्र नापेर नहुने । बरु जनताको जीवनमा परिवर्तनमा हुनुपर्ने उनको भनाई छ । उनले भने, ‘समाजवाद भनेको जनता सुखी हुनु हो । प्रतिव्यक्ति आयमा नापेर मात्रै हुँदैन ।’