सत्ता गठबन्धनको बैठक सुरु, तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

सत्ता गठबन्धनको बैठक सुरु, तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडाैं । सत्ता गठबन्धनको गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ। बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्कृय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ।

बैठकमा मन्त्रालय भागवण्डालाई पनि अन्तिम रुप दिइने भएको छ । कार्यदलले काँग्रेसलाई प्रधानमन्त्रीसहित ७, माओवादी केन्द्रलाई ६, एकीकृत समाजवादीलाई ५ र जसपालाई ४ मन्त्रालय दिनेगरी भागवण्डा गरेको छ ।

तीन राज्यमन्त्री आपसी समझदारीमा भागवण्डा गर्न कार्यदलले सुझाएको छ । यसलाई शीर्ष नेताहरुले अनुमोदन गर्ने तयारी छ । 

गठबन्धनले नवगठित दल लोसपालाई मपन सरकारमा ल्याउने प्रयास गर्ने भएको छ । लोसपा सरकारमा सहभागि भएको खण्डमा दलहरुले पाउने मन्त्रालयको संख्यामा कमी आउने छ ।