सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बोलाइएको छ । दलसम्धन्त्री अध्यादेशको खारेजी नगरेसम्म जसपा सरकारमा सहभागि नहुने भएकोले आजको बैठकमा यससन्त्रन्धी पनि छलफल हुने भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहनेछ । नेकपा (एकीकृत समाजवादी)रिुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेर मन्त्रिपरिषद विस्तारका लागि सजिलो पारिदिएको सत्ता गठबन्धनको बुझाइ छ ।
उक्त रिट निवेदन किनारा लागे भएपछि अध्यादेश खारेजी र मन्त्रिपरिषद विस्तार गर्नुपर्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अडान रहँदै आएको थियो । तर, अध्यादेशविरुद्ध अन्तरिम आदेश माग गर्दै परेको अर्को एउटा रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेकाले अब मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ ।
जसपा अध्यक्ष यादव केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पार्टी विभाजन गर्न पाउने अध्यादेश खारेज नगरी मन्त्रिपरिषद विस्तार गर्न नहुने पक्षमा छन् । उता माधव नेपाल अध्यादेश खारेज हुँदा आफूलाई अप्ठ्यारो पर्ने त्रासमा छन् । र, यही कारणले गर्दा सरकार बनेको ७५ दिनसम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।
१६ मन्त्रालय रिक्त रहँदा दैनिक काम कारबाही प्रभावित भएको भन्दै देउवा सरकारको जनस्तरमै आलोचना हुन थालेको छ ।