सत्तारुढ दल नेपाली काँग्रेसको ६४ जिल्लाहमा गाउँरनगरपालिका अधिवेशन आज (शनिबार)देखि हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँरनगरपालिकाको अधिवेशन हुने तय भए अनुसार आज अधिवेशन सुरु हुने भएको हो ।
तर, जिल्लाहरुको हकमा जिल्ला निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको यादव बताए । काँग्रेसको बाँकी रहेका १३ जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण यी जिल्लाहरुको अधिवेशनबारे टुंगो नलागेको पनि उनले जानकारी दिए ।
आज ६४ जिल्लामा गाउँ र नगरपालिका अधिवेशन गर्ने भन्ने महाधिवेशनको कार्यतालिका हो तर, कहाँ९ कहाँ सुरु भयो भन्ने आज साँझसम्ममा टुंगो लाग्छू, यादवले भने ।